१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापियो, युवा प्रहरी नियन्त्रणमा



मोरङ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा आज विराटनगरमा रातो मसी ९अबिर मिसिएको पानी० छ्यापिएको छ। घटनामा संलग्न दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटना विराटनगर विमानस्थलको एयरपोर्ट लाइन सडकमा भएको हो। इटहरीमा आयोजित युवा संघ नेपालको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन श्री एयरलाइन्सको जहाजबाट १०स्५० बजे विराटनगर आएका बस्नेत विमानस्थलबाट बाहिरिने क्रममा प्रहरी भ्यानको स्कर्टिङमा थिए।

प्रहरीले तत्काल गाडी रोकेर दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीहरूलाई अहिले सोही कार्यालयमा राखिएको छ।

पक्राउ परेका कुँवरले प्रहरीलाई दिएको बयानमा “महेश बस्नेत र नेकपा एमालेविरुद्ध सांकेतिक विरोध जनाउन रातो मसी फ्याँकेको” बताएका छन्। प्रहरी भ्यानमा राखेर लैजाँदा पनि उनले बस्नेतविरुद्ध नारा लगाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १२ : २५ बजे