काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४२ हजार ७०० रुपैयाँ कायम छ । आइतबार ९मंसिर ७० छापावाल सुन प्रतितोला दुई लाख ४४ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।





