काठमाडौं । ‘जेनजी’ अभियन्ता मिराज ढुंगानाको गरिखान देऊ समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ ।
सुशासनको मर्मविपरीत सरकारले गरेका गतिविधिको खबरदारी गर्न ज्ञापनपत्र बुझाउन लागेको समुहले जनाएको छ । आज ३ बजे प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यबmम छ ।
तीन फरक–फरक जेनजी समूहले यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिइएको भन्दै विज्ञप्ति जारी गरेका थिए । त्यस्का प्रधानमन्त्रीका प्रेस कार्यालय भने बचाउ गरेको छ ।





