२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सुनको मूल्यमा गिरावट



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

बुधबार प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १२ : ३३ बजे