१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

पूर्वी नाकाबाट हुने चिया निर्यात ३७ प्रतिशतले घट्यो



झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो चौमासकमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँबराबरको चिया निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो ।

गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो । 

गत आवको सोही अवधिमा दुई अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको चिया निर्यात भएको थियो । यो चालु आवमा ८३ करोड १७ लाख ६२ हजार रुपैयाँले कम हो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : ०३ बजे