१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

नवलपुरमा थपिए नौ हजार मतदाता



त्रिवेणी । नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार, कार्यालयबाट नाम दर्ता गराउने नयाँ मतदाताको संख्या तीन हजार १५३ छ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर ६ हजार ८४ जनाले नाम दर्ता गराएका छन् ।

यहाँ यसअघि दुई लाख ६० हजार ४३२ मतदाता थिए । निर्वाचन कार्यालयले बुलिङटार गाउँपालिका–२ मा एउटा मतदानस्थल थप्न सिफारिस गरेको छ । नवलपुरमा यसअघि ११३ मतदानस्थल थिए । रासस

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १० : २५ बजे