१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सुनको मूल्य तोलामा ९ सयले गिरावट



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा तोलाको ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ७० रुपैयाँ घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला तीन हजार ५५५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ११ : ३२ बजे