काठमाडौँ । सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले बढेको छ। आइतबार चाँदीको मूल्य तीन हजार ६ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।
२१ मंसिर २०८२, आइतबार
42
Shares





