धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् ।
आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामआशीष यादवले जानकारी दिए ।
यही मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । रासस





