काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एक व्यक्ति दुईपटक मात्रै अध्यक्ष बन्न पाउने व्यवस्था कानुनमै गर्नुपर्ने बताएका छन् ।
एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमा गर्नुपर्छ,ू सोमबार ९मंसिर २२० मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पाण्डेले भने,नयाँ पार्टीमा पनि त्यही समस्या छ ।
उनले जबजको सही र एकरूप बुझाइको लागि दुई कार्यकाल र ७० वर्षे उमेरहद भने पनि लागू हुन नसकेको बताए । ूस्वयं अध्यक्ष ९ओली० जबज भन्नुहुन्छ । जबजको सही र एकरुप बुझाइका निमित्त दुई कार्यकाल र ७० वर्ष भनेका छौँ ।
लोकतान्त्रिक विधि बोकेको एमालेलाई अध्यक्ष ओलीले व्यक्तिवादी बनाएको भन्दै पाण्डेले असन्तुष्टि पोखे । पार्टीको ११औँ महाधिवेशनमार्फत केपी शर्मा ओली फेरी नेतृत्वमा आउने देखेपछि उनले यस्तो कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् ।
२२ मंसिर २०८२, सोमबार
28
Shares





