काठमाडौं । तपाई बेरोजगार हुनुहन्छ ? हो भने तपाईको लागि अबसर बन्न सक्छ नेपाली सेना । शुक्रबार नेपाली सेनामा तीन सय ८८ जनाका लागि रोजगारी खुलेको छ ।
नेपाली सेनाले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै रोजगारी खुलेको बताएको हो ।
सेनामा रिक्त रहेका प्राविधिकरहवाईरविविध सेवा तर्फका पदिक तथा बिल्लादार पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको छ ।
सूचनाअनुसार खुल्लातर्फ २०५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका सात जना माग गरिएको छ ।
मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका आवेदकले आवेदन दिन पाउनेछन् ।





