काठमाडौं । भारतको दिल्ली र आसपास क्षेत्रमा बाक्लो धुवाँ को तहले सहरलाई ढाकेपछि वायुको गुणस्तर ‘खतरनाक’स्तरमा पुगेको छ । आइतबार ९डिसेम्बर १४० भारतको वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम)ले ग्रेडेड रेस्पोन्स एक्सन प्लान (जीआरएपी)को चरण ४ लागु गरेको छ ।
शनिबार ९डिसेम्बर १३०देखि वायु गुणस्तर सूचकांक (एक्यूआई) ४५० भन्दा माथि पुगेको यो स्तर स्थानीय बासिन्दाका निम्ति खतरनाक मानिएको छ । जीआरएपी चरण ४ अन्तर्गत कडा वायु प्रदूषण नियन्त्रणका उपाय लागु गरिएको छ ।
त्यसअन्तर्गत निर्माण कार्य पूर्ण रूपमा प्रतिबन्ध, विद्यालयलाई हाइब्रिड मोडल ९अनलाइन र अफलाइन०मा सञ्चालन गर्न निर्देशन, सरकारी तथा निजी कार्यालरूलाई ५० प्रतिशत कर्मचारी मात्र उपस्थित गराएर काम गर्न भनिएको र केही श्रेणीका सवारीसाधनलाई दिल्ली प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
पछिल्ला केही वर्षयता दिल्ली र आसपास क्षेत्रमा विशेष गरी नोभेम्बरदेखि फेब्रुअरीसम्मको जाडो महिनामा वायु प्रदूषणको समस्या बढ्दै गएको छ । यो अवधिमा फोक्सोसम्बन्धी रोगबाट पीडित हुनेको संख्या धेरै गुणा बढेको छ ।
यसैबीच, आइतबार बिहान उत्तर भारतका विभिन्न स्थानमा कुहिरोका कारण कम पारदर्शिताबीच धेरै सवारीसाधन आपसमा ठोक्किएका दुर्घटना रिपोर्ट भएको छ ।
दिल्लीको वायु प्रदूषण अझै गम्भीर अवस्थामा छ । आउँदा दिनमा यसमा सुधार हुने अपेक्षा गरिएको छ ।





