काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गन्तव्य तय हुँदै गरेको दाबी गरेका छन्। आज उनले सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको ‘सहमतिपछिको बिषयलाई लक्षित गर्दै उनले ‘नयाँ दिन, नयाँ सुरुआत ’ भनेका छन् । उनले लेखेका छन्, “नयाँ दिन, नयाँ सुरुआत , सुन्दर र समुन्नत नेपालको सपना गन्तव्य तय हुँदै छ।।।”





