३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न यही पुस १४ गते बस्नेगरी बैठक अह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल हुनेछ ।’

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ११ : ५० बजे