१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

झापामा डुबेर तीन वर्षीय बालकको मृत्यु



भद्रपुर । झापाको झापा गाउँपालिका–२, सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालक दिवाङस कँडेलको मृत्यु भएको छ ।

आइतबार ९पुस १३० आफ्नै घरअगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालक डुबेर गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका निम्ति बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकामा आइतबार नै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

बालकको शव हाल सोही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १० : ०८ बजे