१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

रसुवा भन्सार खुलेसँगै धमाधम सवारीसाधन आयात



रसुवा । यहाँस्थित रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् ।

सीमा सुरक्षा पोस्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन ९ईभी माइक्रो० नेपाल भित्रिएका हुन् ।

चालु आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा रहेका छन् । ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला गर्नेक्रम जारी रहेकोे भन्सार कार्यालयले जनाएको छ ।

यस्तै, शनिबार मात्र स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधानका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक ब्याट्री, मेडिकलका सामग्री बोकेका ३९ मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् ।

गत बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै शनिबारसम्म ९६ कन्टेनरबाट मालसामान नेपाल भित्रिएको र रेडिमेड सामग्रीका हकमा आजदेखि जाँचपास प्रक्रिया सुरु हुने भन्सार कार्यालय प्रवक्ता ठाकुर गौतमले जानकारी दिनुभयो ।

उनले बिग्रने वस्तुमा पर्ने स्याउ तथा ओखरजस्ता वस्तु भने शीघ्र जाँचपास हुने गरेको र नाका खुलेपश्चात्र दुई दिनको दौरानमा ९० लाख ८७ लाख राजस्व दाखिला भएको बताए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ११ : ३३ बजे