१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज (पुस २१) पुनः बस्दै छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यस दिन दिउँसो १ बजेका निम्ति उपस्थित हुन पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यलाई सूचना दिएका छन् ।

बैठकमा वर्तमान समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक विषय, विशेष महाधिवेशनको बढ्दो दबाबलगायत विषयमा छलफल गरिनेछ ।
यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेष महाधिवेशन गराएरै छाड्ने अडान राखेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १० : २७ बजे