३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

एमालेले टुगों लगायो राष्ट्रियसभाका लागि ६ जना उम्मेदवार



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गर्नुभएको छ।

राजनीतिक दलबीच सहमति अनुसार नेपाली कांग्रेस र एमालेले ७–७ सिट, नेकपा ९माओवादी केन्द्र०ले ३ सिट र जसपा नेपालले १ सिट लिने सहमित अनुसार एमालेले आफ्ना तर्फबाट ६ उम्मेदवार टुङ्गो लगाएको हो । एमालेले आफ्नो भागमा परेको थप एक सिटका लागि उम्मेदवार छान्न बाँकी रहेको जनाएको छ। एमालेले मधेश प्रदेशको उम्मेद्वार टुग्याउन बाँकि राखेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन सुरु हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने जनाएको छ। यसअघिका प्रक्रियाअनुसार पुस १९ गते मतदाता नामावली प्रकाशन भएको थियो भने अन्तिम मतदाता नामावली मंगलबार सार्वजनिक गरिएको छ।

आयोगका अनुसार उम्मेदवारको मनोनयन पत्र आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दर्ता गरिनेछ। मनोनयनको विरोध पुस २४ गते दिन सकिनेछ भने इच्छुक उम्मेदवारले पुस २७ गते आफ्नो नाम फिर्ता लिन सक्नेछन्।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १० : ११ बजे