१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

सुनको मूल्य एकैदिन तोलामा २१ सयले बढ्यो



काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस २५) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार ९पुस २४० छापावाल सुन प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १२ : २८ बजे