काठमाडौं । आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशित हुँदै छ ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार पुस २३ गते मनोनयनपत्र दर्ता गराएका उमेदवारहरूले आज आफ्नो नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि आजै उमेदवारको अन्तिम नामावली प्रकाशित हुने आयोगले जनाएको छ ।





