काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार ९पुस २७० मा तराई भू(भागका केही स्थानमा मध्याह्नसम्म हुस्सुरकुहिरो रहनेछ ।
महाशाखाले आइतबार मौसमसम्बन्धी जानकारी दिँदै यस्तो जानकारी दिएको छ । आज कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा बदली हुने पनि महाशाखाले जानकारी दिएको छ । बाँकी भू(भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति पनि देशका तराई भू(भागका थोरै स्थानमा हुस्सु रहनेछ । पहाडी तथा हिमाली भू(भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।





