१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

विशेष महाधिवेशनस्थल आउँदै महामन्त्री गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा दोस्रो विशेष महाधिवेशन स्थलमा आउन लागेका छन् । भृकुटीमण्डपमा उद्घाटन हुन लागेको दोस्रो विशेष महाधिबेशनमा सहभागि हुन निवासबाट महामन्त्री थापा हिडेका हुन । सामाजिक सञ्जालमा महामन्त्री थापाले वुवा र आमाको आर्शीवाद लिएर आउदै गरेको जानकारी दिएका हुन । उनले लेखेका छन् यहाँहरुको माया अनि आमाबुवाको आशीर्वाद लिएर आउँदैछु । कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन केहीबेरमा हुँदैछ । अहिले विभिन्न स्थानबाट झाकी सहितका र्याली भृकुटीमण्डमा प्रवेश गरिरहेका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १ : ३७ बजे