काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७७ हजार २०० रुपैयाँ कायम छ । बिहीबार ९माघ १० छापावाल सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ६४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।





