काठमाण्डौ । राष्ट्रिय सभाका सदस्यहरु नारायणकाजी श्रेष्ठ, बामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा द्एिका छन् ।
उहाँहरुले राष्ट्रिय सभा बैठक सकिएलगत्तै आज राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष राजीनामा दिनुुभएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
राष्ट्रिय सभा सदस्यहरु श्रेष्ठ, गौतम र न्यौपाने तीनै जनाको राष्ट्रिय सभा सदस्यको कार्यकाल २० फागुनमा सकिंदै थियो ।
तर, उहाँहरुले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुनेभएपछि माघ ६ गते मनोनयन दर्ता गर्नुअघि आजै राष्ट्रियसभा सदस्यबाट राजीनामा गरेका हुन् ।





