१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उमेदवार



काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उमेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उमेदवार बनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बाट डडेलधुरामा चक्र स्नेहीलाई र बर्दिया–२ बाट विमला विकलाई उमेदवार बनाइएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले स्याङ्जा–२ बाट पदम विश्वकर्मा र कञ्चनपुर–३ बाट मानबहादुर सुनारलाई मात्रै टिकट दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले बाँके–३ बाट खगेन्द्र सुनारलाई उमेदवार बनाएको छ ।

दलित आन्दोलनका अगुवा तथा पूर्वराजदूत पदम सुन्दासले मुख्य ठूला राजनीतिक दलहरूले नै दलित समुदायलाई भोट बैंक बनाएको तर अवसरबाट सधैँ वञ्चित गर्दै आएको टिप्पणी गरेका छन् ।

“पार्टीभित्र दलित नेताको योगदान अरू समुदायको जत्तिकै हुन्छ, तर निर्वाचनको समयमा उनीहरूले टिकट पाउँदैनन्,” उनी भन्छन्, “टिकट दिँदा नै एक प्रकारको विभेद हुँदै आएको छ, दलितको जनसंख्यालाई हेर्ने हो भने पनि १३ प्रतिशत छ ।”

नेपाल दलित महिला उत्थान संघ ९एड्वान०का अध्यक्ष विन्दु परियारले परिवर्तनका लागि पटकपटक लडेको पुरानो प्रजातान्त्रिक दल कांग्रेस, मजदुर, गरिब, किसान, दलित, महिला, जनजाति, मधेसी आदिको अधिकारका लागि संघर्ष गरिरहेको दाबी गर्ने नेपाली कम्युनिष्ट पार्टी र एमाले नै दलितप्रति अनुदार देखिएको टिप्पणी गरिन् ।

दलित समुदायलाई प्रत्यक्षमा टिकट नदिनुले प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व घट्ने देखिन्छ । सदनमा ३३ प्रतिशत महिला अनिवार्य हुने संवैधानिक व्यवस्था जस्तै दलितको सवालमा पनि अनिवार्य व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

विसं २०७९ को प्रतिनिधिसभामा १५ जना ९५।८१ प्रतिशत०को प्रतिनिधित्व रहेको थियो । विसं २०६४ को संविभानसभामा ५० जना दलित ९८।३२ प्रतिशत०को उपस्थिति थियो । २०७० सालको संविधानसभामा ४० जना ९६।६५ प्रतिशत० र २०७४ सालमा प्रतिनिधिसभामा २० जना ९७।२७ प्रतिशत० रहेको थियो ।

यो संख्या हेर्ने हो भने सदनमा दलितको प्रतिनिधित्व क्रमशः घट्दो क्रममा देखिन्छ । ५९ जनाको राष्ट्रियसभामा आठजना मात्रै दलितको सहभागिता छ । संविधानको धारा, ४२ ९१० अनुसार सामाजिक रूपले पछाडि परेकालाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने व्यवस्था हुनेछ भनिए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । रासस

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  १० : ४१ बजे