१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने



काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने भएको छ ।

आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राष्ट्रियसभामा राप्रपाको कुनै पनि उमेदवार नभएको र सबै प्रतिनिधि आगामी प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित रहनुपरेका कारणले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको हो ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १२ : ४४ बजे