काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट कांग्रेस नयाँ बनेको भन्दै कांग्रेसको नेतृत्वमा देशको मुहार फेर्ने अभियान सुरु भएको बताएका छन् ।
विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलोपटक कार्यालय प्रवेश गरेका महामन्त्री पौडेलले आजको केन्द्रीय समिति बैठकबाट निर्वाचन सम्बन्धी ठोस निर्णयहरू हुने बताए । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले आज पहिलोपटक केन्द्रीय समितिको बैठक सानेपा स्थित केन्द्रीय कार्यालयमा गर्न लागेको हो ।





