१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

गैँडाको आक्रमणमा एकजनाको मृत्यु



काठमाडौं । चितवनमा गैँडाको आक्रमणमा एकजनाको मृत्यु भएको छ । गैँडाको आक्रमणमा मृत्यु हुनेमा जिल्लाको कल्याणपुरका २२ वर्षीय अशोक भट्टराई छन् ।

घाँस–दाउरा गर्न गएको समयमा भट्टराईलाई गैँडाले आक्रमण गरी घाइते बनाएको थियो ।

उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  १० : ५१ बजे