काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (माघ १६) तोलामा साढे २० हजार रुपैयाँले घटेको हो ।
बिहीबार (माघ १५)सुनको मूल्य तोलामा साढे २० हजारले नै बढेर रेकर्ड बनाएको थियो ।
यस दिनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।





