१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

गोरखापत्र संस्थानले एकैपटक माग्यो ९१ जना कर्मचारी (विज्ञापनसहित)



काठमाडौँ । गोरखापत्र संस्थानले एकैपटक ९१ जना कर्मचारी मागेको छ।

शुक्रबार सूचना जारी गर्दै गोरखापत्र संस्थानले नवौं तहदेखि दोस्रो तहसम्म विभिन्न पदमा कर्मचारी मागेको हो।

संस्थानले एक जना नायब कार्यकारी सम्पादक, नेपाली र अंग्रेजी समूह गरी १६ जना समाचारदाता, फोटोग्राफ र कलातर्फ २ जना, सामान्य प्रशासनतर्फ १४ जना, लेखातर्फ १३ जना, ९ जना बजार अधिकृत लगायत विभिन्न पदमा विभिन्न संख्यामा कर्मचारी मागेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सकिनेछ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १ : २२ बजे