काठमाडौँ । कृषि विकास बैंकको सहयोगमा एक दिने डिजिटल बैंकिङ्ग वित्तिय साक्षरता तालिम प्रदान गरिएको छ । शुक्रबार कृषि बिकास बैंकको आर्थिक सहयोगमा आईसीटी पत्रकार विकास मञ्चले टोखा नगरपालिका वडा नं. ९ स्थित चेतना महिला माध्यमिक विद्यालयमा एक दिने डिजिटल बैंकिङ्ग वित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालयमा अध्ययनरत महिला दिदीबहिनीहरूलाई डिजिटल बैंकिङ्गको पहुँच, विस्तार र सुरक्षाबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजित गरिएको हो । उक्त कार्यक्रमका प्रशिक्षक तथा कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालयका वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेलले डिजिटल बैंकिंग कारोबार आजको अनिवार्य आवश्यकता भएको औल्याएका थिए । प्रशिक्षक पौडेलले डिजिटल बैंकिंग कारोबार के हो यसको प्रयोग गर्न के के कुराहरु ध्यान पुर्याउनुपर्छ, डिजिटल बैंकिंग सेवाको प्रयोग कसरी गर्ने, सुरक्षित बैंकिंग कारोबार के हो ? पिन, पासवर्ड र ओटिपी कोड एवं व्यक्तिगत विवरणहरु किन गोप्य राख्नुपर्छ भन्ने बिषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
उक्त कार्यक्रम सहभागी वक्ताहरु राष्ट्रिय अभिभावक संघका केन्द्रीय सदस्य गोविन्द प्रसाद भुषाल, पूर्व प्रधानाध्यापक टेक नारायण सापकोटा, प्रशिक्षक कृष्ण सापकोटा, पूर्व बैंकर सुशील पन्तले तालिमले महिलाहरूको सामाजिक र आर्थिक स्तर उकास्नमा महत्वपूर्ण योगदान पुग्ने कुरा बताएका थिए भने विद्यालय प्रधानाध्यापक शान्ता पण्डित र सह प्रधानाध्यापक उर्मिला अमात्यले डिजिटल साक्षरता प्रदान गरेकोमा कृतज्ञता ब्यक्त गरे ।
१७ माघ २०८२, शनिबार
28
Shares





