४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व संकलन



ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीनवटा निर्वाचन क्षेत्रबाट उमेदवारी दर्ता गराएका ७१ मध्ये २३ जना उमेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी हालसम्म २३ उमेदवारले सिफारिस लिएका हुन् ।

निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ जारी गरेको छ । उक्त कार्यविधिअनुसार प्रत्येक राजनीतिक दल र उमेदवारले निर्वाचन प्रचार खर्चका लागि छुट्टाछुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ ।

ललितपुर–१ मा २८ जनाले उमेदवारी दर्ता गराएका छन् । तीमध्ये १२ स्वतन्त्र उमेदवार रहेका छन्, भने २५ पुरुष र तीनजना महिला उमेदवार छन् । ललितपुर–२ मा २३ जनाले उमेदवारी दर्ता गराएका छन् ।
तीमध्ये सात जना स्वतन्त्र र १६ जना विभिन्न राजनीतिक दलका उमेदवार छन् । यस क्षेत्रमा दुई जना महिला उमेदवार रहेका छन् ।

त्यसैगरी, ललितपुर–३ मा २३ जनाले उमेदवारी दर्ता गराएकोमा तीनजनाले उमेदवारी फिर्ता लिएपछि हाल २० जना उमेदवार कायम रहेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १० : ४८ बजे