३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप २०२६ मा राकेश यादवको निर्णायक भूमिका रहने



काठमाडौं-नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री राकेश यादव प्रतिष्ठित माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप २०२६ G1 मा निर्णायकको भूमिकामा भएका छन् । विश्व तेक्वान्दोद्वारा मान्यता प्राप्त उक्त विश्व वरीयता प्रतियोगिता फेब्रुअरी १६ देखि १८, २०२६ सम्म सञ्चालन हुँदैछ।

कृषि विकास बैंक लिमिटेडका कर्मचारीसमेत रहेका यादव सन् १९९९ देखि तेक्वान्दोमा सक्रिय छन्। सन् २०२४ यता उनी अन्तर्राष्ट्रिय ‘क्योर्गी’ रेफ्रीका रूपमा विश्वस्तरीय प्रतियोगिताहरूमा नियमित रूपमा सहभागी हुँदै आएका छन्।

रुपन्देहीको ओमसतिया गाउँपालिकाका यादव भैरहवामा क्रिएटिभ तेक्वान्दो डोजाङ सञ्चालन गर्दै आधारभूत तहमा खेलाडी उत्पादनमा योगदान दिइरहेका छन्। G1स्तरको प्रतियोगितामा उनको नियुक्तिलाई नेपाली तेक्वान्दोका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ४ : २६ बजे