४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

संसदमा युवा र महिलाको एजेण्डा स्थापित गर्ने नानूको दृढता



काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ कि उम्मेदवार नानु बास्तोला समाजिक तथा राजनीतिक क्षेत्रमा परिचित नाम हो । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी बास्तोला सुशासन, सामाजिक न्याय र समाज परिवर्तनको एजेण्डामा निरन्तर सक्रिय रहेकी छन् ।
त्रिभुवन विश्वविद्यालय, स्वास्थ्य शिक्षा विभाग शिक्षामा स्नातकोत्तर र गान्धी अध्ययन संस्थान, महाराष्ट्र, भारतबाट गान्धी विचारमा स्नातकोत्तर गरेकी उनी सामाजिक र राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । बास्तोलाले मतदातामाझ महिला, युवा एवम नयाँ पुस्ताको भूमिका सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन् ।
सामाजिक कार्य र महिला सशक्तिकरणका मुद्दामा बलियो पहिचान बनाएकी बास्तोला चुनावी अभियानकाक्रममा घरदैलोमा पुगेकी छन् । निर्वाचन आयोगले दिएको चुनावी अभियानको समय र आचारसंहितलाई पूर्ण पालना गर्दै सामाजिक कार्यबाट राजनीतिक उचाई बनाउने उनको लक्ष छ । काठमाडौं क्षेत्र नम्बर ९ का मतदाताचमाझ लोकप्रिय बन्दै गएकी बास्तोलालाई स्थानीयले भरोशायोग्य नेताकारूपमा लिएका छन् ।
उनी स्थायीबासी भएकाले पनि चुनाव जित्न सहज हुने स्थानीयहरू बताउँछन् । बास्तोलको प्रतिष्पर्धामा देखिएका उम्मेदवारहरू बाहीरी जिल्लाबाट आएर मतदातालाई अनेकन प्रलोभनमा पार्दै आएका छन् । मतदाताहरुसँग औपचारिक भेटघाट र कार्यक्रममा व्यस्त देखिएकी उनले आफूलाई चुनावी उम्मेदवार मात्रै नभइ स्थायीरूपमा सामाजिक, राजनीतिक र विकासका क्षेत्रमा क्रियाशील नारीकारूपमा पहिचान दिएकी छन् । पछिल्लो समय कांग्रेसको विशेष महाधिवेशनपछि भएको नेतृत्व र नीति परिवर्तनलाई पनि चुनावी अभियानमा प्राथमिकता बनाइरहेको उनले बताइन् ।
नेपाली कांग्रेस, विशेष अधिवेशनबाट केन्द्रिय सदस्य बनेकी बास्तोला १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य समेत हुन् । गत निर्वाचनमा निर्वाचन परिचालन केन्द्रीय समिति संयोजक रहेर काम गरेको उनीसँग अनुभव छ । त्यस्तै निर्वाचन घोषणापत्र विकास समिति, सदस्य, स्थानीय तहको निर्वाचनका लागि केन्द्रिीय परिचालन समिति सदस्य समेत रहेर काम गरेकी छन् ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्य, सुदूरपश्चिम प्रदेश निर्वाचन अभियान उप–संयोजकको भूमिका समेत उनले निर्वाह गरेकी छन् । त्यस्तै २०१०–२०१६ नेपाल महिला संघ केन्द्रीय समिति सदस्य भएकी थिईन् । त्यस अघि उनी १९९८ देखि २००८ सम्मक नेपाल विद्यार्थी दुई कार्यकाल केन्द्रीय समिति सदस्य भएर काम गरेकी नेतृ हुन् ।
‘पार्टीले आगामी निर्वाचनका लागि दीर्घकालीन र अल्पकालीन रूपमा देश विकासका खाका तयार पारेको छ’, बास्तोलाले भनिन्, ‘जनतासँगको भेटले भरोसा र ऊर्जा थपेको छ । मैले जित्नेमा कुनै शंका छैन् । किनकी मेरो जिवन नै सामाजिक , राजनीतिक, सुशासन र विकासका सवालमा वितेको छ ।’
बदलिएको परिस्थितिमा बदलिएको कांग्रेसलाई लिएर जनताको अपेक्षा पूरा गर्ने दृढ संकल्पकासथ चुनावी अभियानमा लागेको उनको दाबी छ । निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भए दीर्घकालीन र अल्पकालीन रूपमा देश विकासका लागि गर्नुपर्ने पहल, नीति निर्माण र कार्यान्वयनमा विशेष काम गर्ने उनको लक्ष छ । ‘हामीले दीर्घकालीन र अल्पकालीन रूपमा देश विकासका लागि गर्नुपर्ने योजना बनाएका छौं’, उनले भनिन, ‘अग्रजलाई सम्मान गर्दै, युवा र महिलाको प्रतिनिधित्व गर्दै उनीहरूका एजेण्डा संसदमा बलियारूपमा प्रस्तुत गर्ने मेरो लक्ष्य हो ।’
युवा पलायन रोक्नुपर्ने र विदेशबाट नेपाल फर्काएर रोजीरोटी सिर्जना गर्न सरकारी नीतिमा सुधार आवश्यक रहेको उनको जोड छ । नेता बास्तोलाले स्थानीय विकास, स्वरोजगार, कृषि, उद्यमशीलता, सडक र पूर्वाधार निर्माणमा आफ्नो अभियान केन्द्रित गरेकी छन् । सत्तामा भए वा नभए पनि आफ्ना क्षेत्रका मतदाताहरुसँग सधैँ सहकार्य गर्दै अघि बढ्ने उनको दृढता छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ४ : ५८ बजे