काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ५७ क्षेत्रमा जित हासिल गरेको छ ।
दिउसो ५ः४५ बजेसम्मको परिणामअनुसार रास्वपाले ५७ निर्वाचन क्षेत्रमा जित हासिल गर्दै ६४ क्षेत्रमा अग्रता हासिल गरिरहेको छ ।
त्यस्तै समानुपातिकतर्फ ४ लाख ७८ हजार ८ सय ३४ मत गन्दा रास्वपाले २ लाख ५६ हजार ६ सय ८० मत प्राप्त गरेको छ ।
त्यस्तै नेपाली काँग्रेसले ९ ठाउँमा जित हासिल गर्दै ९ ठाउँमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ । नेपाली काँग्रेसले समानुपातिकतर्फ ७९ हजार ४ सय २० मत प्राप्त गरेको छ ।
यसैगरी नेकपा एमालेले ३ स्थानबाट जित हासिल गर्दै ९ स्थानमा अग्रता लिएको छ भने समानुपातिकतर्फ ६३ हजार ३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
साथै नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जित हासिल गर्दै ६ स्थानमा अग्रता लिएको छ भने समानुपातिकतर्फ २४ हजार ३ सय ८६ मत प्राप्त गरेको छ ।
त्यस्तै स्वतन्त्रबाट महावीर पुनले म्याग्दीबाट जित हासिल गर्नुभएको छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवारले अग्रता लिनुभएको छ ।
श्रम संस्कृति पार्टीले हालसम्म ३ स्थानबाट अग्रता लिनुका साथै समानुपातिक तर्फ १० हजार ४ सय १६ मत प्राप्त गरेको छ भने राप्रपाले १ स्थानमा विजय प्राप्त गर्दै समानुपातिक तर्फ २० हजार १ सय ३५ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
अपराह्न पौने ६ बजे सम्ममा ७१ स्थानको मत घोषणा भएको निर्वाचन आयोगले जनाएको छ ।





