काठमाडौं । कपिलवस्तुको क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका उमेदवार अभिषेकप्रताप साह निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रकाश रजौरियालाई पराजित गर्दै साह निर्वाचित भएका हुन् ।
कांग्रेसका साह २३ हजार ५३५ मतसहित निर्वाचित हुँदा रास्वपाका रजौरियाले १८ हजार ८९० मत पाएका छन् । तेस्रो भएका नेकपा एमालेका वीरेन्द्रकुमार कनौडियाले १४ हजार ७६३ मत पाएका छन् । कनौडिया नेपाली कांग्रेसबाट एमाले प्रवेश गरी उमेदवार बनेका हुन् ।





