२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

मुगुमा कांग्रेसका खड्ग शाही निर्वाचित



काठमाडौं । मुगुबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उमेदवार खड्ग शाही निर्वाचित भएका छन् । नेकपा (एमाले)का उमेदवार पूर्णबहादुर रोकायालाई पराजित गर्दै शाही विजयी भएका हुन् ।

आइतबार (फागुन २४) दिउँसो सार्वजनिक अन्तिम मत परिणाममा शाहीले सात हजार ९१४ मत प्राप्त गरे । रोकायाले ६ हजार ७१८ मत ल्याए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार चन्द्रबहादुर शाही पाँच हजार ५५८ मत ल्याएर तेस्रो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  २ : ४५ बजे