काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगको प्रतिवेदन बुझाएका छन् । अध्यक्ष कार्कीले प्रतिवेदन सार्वजनिक गर्न र कारबाही गर्न पनि आग्रह गरेका छन् ।
“म आयोगमा जानुअघि नै जाँचबुझ आयोग बन्नुपर्छ, त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ र कारबाही हुनुपर्छ भन्ने मान्छे हुँ,” अध्यक्ष कार्कीले प्रधानमन्त्रीसँग भनेको भनाइ दाहोर्याउँदै भने, “प्रतिवेदन बुझाएपछि सिफारिसअनुसार कारबाही गर्नुस्, नत्र फेरि अर्को जेनजी आन्दोलन हुन्छ भनेको छु ।”
उनले प्रधानमन्त्री कार्कीले प्रतिवेदन सरकारको सम्पत्ति भएको बताएको पनि जानकारी दिए । आयोगले भदौ २३र२४ गतेको घटनामा दोषी को हो रु उसलाई कारबाही सिफारिस गर भनेर म्यान्डेट पाएकाले त्यही काम गरेको बताए ।





