३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

सुनको मूल्यमा बृद्धि



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि सुनको मूल्य तोलाको तीन लाख नौ हजार ९०० रुपैयाँ कायम छ ।

अघिल्लो दिन तीन लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने ७० रुपैयाँले बढेर तोलाको पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १२ : २३ बजे