५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

गगन थापाले दिए सभापतिबाट राजीनामा, केन्द्रीय समिति बैठकमा छलफल हुँदै



काठमाडौं । कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका छन् ।

उनले उपसभापति विश्वप्रकाश शर्मालाई केही दिन अघिनै राजीनामा दिएका हुन् । थापाले दिएको राजीनामाका सम्बन्धमा आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टीभित्रैबाट उनको राजीनामा माग भएको थियो । उनी सर्लाही–४ बाट पराजित भएलगत्तै उपसभापति शर्मालाई भेटेर राजीनामा दिने बताएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  १० : १७ बजे