६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, सभापति थापा अनुपस्थित



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु गरिएको छ । शुक्रबार ९चैत ६० दिउँसो ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका छ ।
सभापति गगन थापाले दिएको राजीनामा, निर्वाचन परिणामलगायत विषयमा बैठकमा छलफल गरिने जनाइएको छ । पदबाट राजीनामा दिएका थापा बैठकमा गएका छैनन् । सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको छ ।

पार्टी उपसभापति विश्वप्रकाश शर्माले बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा, थापाको राजीनामा अस्वीकृतको प्रस्ताव पेस गरिने बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  १ : ५० बजे