काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारस्थित प्रतिनिधिसभाको निर्माणाधीन संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन् ।










