काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बन्नका लागि बाटो औपचारिक खुला भएको छ । रास्वपा केन्द्रीय समिति बैठकले शाहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।
रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको हो । दलको बैठकमा सभापति लामिछानेले बालेनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए । यसैबीच आज सांसदहरुले सपथ ग्रहण समेत लिइसकेका छन् ।





