१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

भोलिदेखि एसईई, एक महिनामै नतिजा



काठमाडौं । बिहीबार (चैत १९) देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञावलीले परीक्षाको तयारी पूरा भएको बताए ।

उनका अनुसार, परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । यसवर्ष ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । एसईईका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ ।

११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका ज्ञावलीले बताए । सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन् ।

काठमाडौंका १३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १५५ जना विद्यार्थीले परीक्षा दिँदै छन् । सबैभन्दा कम मनाङमा भने एउटा परीक्षा केन्द्रबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन् । जापानमा रहेको केन्द्रबाट २३ जना विद्यार्थी सहभागी हुने उनले जानकारी दिए ।

सबैभन्दा बढी काठमाडौं जिल्लामा १३५ वटा परीक्षा केन्द्र छन्, त्यहाँ ४१ हजार १५५ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् भने सबैभन्दा कम मनाङमा परीक्षा केन्द्र एउटा मात्रै छ, त्यहाँ ३७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्,ू उनले भने, नेपालभन्दा बाहिर जापानमा एउटा परीक्षा केन्द्र छ । त्यहाँबाट २३ जना विद्यार्थी सहभागी हुनेछन् ।ू

यस वर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८९५ विद्यार्थी पनि परीक्षामा सहभागी हुँदै छन् । एकपटक परीक्षामा असफल भएका विद्यार्थीलाई कम्तीमा तीनपटकसम्म परीक्षा दिने अवसर प्रदान गरिएको ज्ञावलीले बताए ।

ूहामीले एकपटक परीक्षा दिएर सफल हुन नसकेका विद्यार्थीलाई कम्तिमा तीनपटक मौका दिने गरेका छौँ । पहिलोपटक पास नभएका विद्यार्थीलाई पुरक मौका दिइन्छ । पुरकमा पनि पास नभएका विद्यार्थीले तीनपटक परीक्षा दिन पाउँछ,ू उनले भने, ूअहिले २०७९ सालमा नियामित समूहबाट परीक्षा दिएर अहिलेसम्म सफल नभएका विद्यार्थीलाई हामीले परीक्षा फारम भर्ने अवसर दिएका थियौँ । त्यस्ता परीक्षार्थीहरू पनि हुनुहुन्छ ।ू

ज्ञावलीकाअनुसार, बाल सुधारगृहमा रहेका विद्यार्थीको लागि नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा दिने व्यवस्था मिलाइएको छ । बाल सुधारगृहनजिकै रहेको परीक्षा केन्द्रको केन्द्राध्यक्षले प्रश्नपत्र र उत्तरपुस्तिकासहित निरीक्षक पठाएर बालगृहमा नै परीक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको उनले बताए ।

परीक्षा सकिएपछि संकलित उत्तरपुस्तिका सोही परीक्षा केन्द्रको विद्यार्थी भएमा अरु परीक्षार्थीसँगै राखेर जाँच गरिनेछ भने फरक केन्द्रको भएमा छुट्टै प्याकिङ गरेर परीक्षा नियन्त्रण कार्यलय पठाउने व्यवस्था गरिएको छ ।

विशेष क्षमता तथा अपांगता भएका विद्यार्थीलाई पनि व्यवस्थापन गरिएको उनले जानकारी दिए । अपांगताको प्रकृतिअनुसार, अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको उनले बताए । ३ घण्टाको परीक्षामा उनीहरूलाई थप १ घण्टा ३० मिनेट समय दिइने उनको भनाइ छ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइनेछ ।

विद्यार्थीलाई परीक्षा केन्द्रमा समयमै उपस्थित हुन, प्रवेशपत्र, आवश्यक लेखन सामग्री साथमा ल्याउन तथा मोबाइललगायत निषेधित सामग्री नल्याउन उनले आग्रह गरे ।

एक महिनामै नतिजा

परीक्षा नियन्त्रक कार्यलयले यस वर्षको एसईई परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्ने गरी तयारी गरेको छ । उपनियन्त्रक ज्ञावलीले विगतमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने बताए । सरकारले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएकोले सोहीअनुसार तयारी गरिएको उनको भनाइ छ ।

ूविगतमा जस्तो परीक्षा सकिएपछि नजिता धेरै दुईरतिन महिना नै कुर्नुपर्दैन । अहिले सरकारले द्रूत गतिमा नतिजा प्रकाशन गर्ने भनेर हामीलाई निर्देशन प्राप्त भएको छ । हामीले कम्तीमा एक महिनाभित्रै नतिजा प्रकाशन गर्नेगरी तयारी गरेका छौँ,ू उनले भने ।

परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच गर्ने तयारी गरिएको उनले बताए । परीक्षा भएको विषयको सोही दिन परीक्षा केन्द्रमा परीक्षक र संपरीक्षकहरूले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय ईकाईमा पठाउने व्यवस्था गरिएको उनले बताए । शिक्षा विकास तथा समन्वय ईकाईले तोकिएको समयमा लब्धांकपत्रहरु परीक्षा नियन्त्रण कार्यलय पठाउनेछ ।

ूअहिलेसम्मको मोडेल हेर्दा जहाँ(जहाँ परीक्षा केन्द्र छ, त्यहीबाट जुन दिन परीक्षा भयो, सोही दिनबाट परीक्षक र संपरीक्षकलाई बोलाएर उत्तरपुस्तिका परीक्षण गर्ने र मार्कस्लिपहरू सम्बन्धित शिक्षा विकास तथा समन्वय ईकाइमा पठाउने र शिक्षा विकास तथा समन्वय ईकाइले मार्कस्लिप परिक्षा नियन्त्रण कार्यलय कक्षा १० मा तोकिएको समयभित्र पठाउने गरी तयारी गरिएको छ । यसपाली कम्तीमा एक महिनाभित्रै नजिता प्राप्त गर्न सक्नुहुनेछ,ू ज्ञवालीले भने ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ४ : ५६ बजे