काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी कार्यसम्पादन गर्ने बताएका छन् । सभामुखमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। संविधान र कानुनको पालना गर्दै निष्पक्ष भूमिका निर्वाह गर्ने उनले बताए । संविधान कानुन राम्रोसँग हेरेको छु । त्यसलाई पालना गरेर सबै माननीयहरूको सम्मान हुने किसिमबाट सदनको पनि मर्यादा कायम गर्छु, उनले भने । सभामुखमा कुनै दलको पनि उमेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
२२ चैत्र २०८२, आइतबार
98
Shares





