२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

१३ दिनपछि ओली र रमेश लेखकलाई परिवारको जिम्मा लगाइयो



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक १३ दिन पछि रिहा भएका छन् ।आज बिहान नेताद्वयलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, ओलीलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाटै परिवारको जिम्मा लगाइएको छ । लेखकलाई महाराजगन्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणबाट परिवारको जिम्मा लगाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ११ : ४७ बजे