काठमाडौं — बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एक महिना नपुग्दै तीन मन्त्री विवादमा तानिएका छन्।
श्रममन्त्री बनेका दीपक साहले पत्नीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्त गरेपछि पद गुमाइसकेका छन् भने गृहमन्त्री सुधन गुरुङमाथि पनि नयाँ विवाद थपिएको छ।
गुरुङ र व्यवसायी दीपक भट्टबीच व्यापारिक साझेदारी रहेको र भट्टको कम्पनीमा गुरुङको सेयर रहेको तथ्य सार्वजनिक भएपछि आलोचना बढेको हो। भट्ट भने सम्पत्ति शुद्धीकरण अनुसन्धानको हिरासतमा छन्।





