११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गछौँ – प्रधानमन्त्री बालेन



काठमाडौं । सुकुम्बासी बस्ती हटाएको बिषयमा सामाजिक सञ्जालमा ब्यापक आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र शाह सामाजिक सञ्जालमा सम्बोधन गरेका छन् । उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने घोषणा गरेका छन् ।

“अतिक्रमणकारी र सुकुम्वासी छुट्याउने नै छौँ । देशभरका वास्तविक सुकुम्वासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ । वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ,” प्रधानमन्त्री बालेनले लेखेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ६ : २० बजे