काठमाडौं । नेपाली बजारमा बिहीबार (वैशाख १७)सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९२ हजार ७०० रुपैयाँ कायम छ । बुधबार ९वैशाख १६० छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । त्यसअघिका दुई कारोबार दिनमा छापावाल सुन तोलामा क्रमशः तीनरतीन हजार रुपैयाँले घटेको थियो ।





