२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो



चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा ढुंगासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको छ ।

बिहान ५ : ४५ बजे पहिरो खसपछि सडकमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडक सफा गर्न डोजर मगाइएको छ ।

पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ८ : ५९ बजे